बाजुरामा मतदान स्थल थपिदा नागरिक उत्साहितएक हजार पाँच सय १६ मतदाता थपिए

0
Shares

बाजुरा ।

बाजुरामा यो वर्ष सात वटा मतदानस्थल थपिएका छन् । निर्वाचन आयोग नेपालले मतदान स्थल थप्दा भौगोलिक बिकटता र टाढाको वस्तिका नागरिकलाई राहत भएको छ । हिमाली गाउँपालिकाको वडा नंं. एक बाम गाउँ जिल्लाकै दुर्गम वडा हो । बाममा ११सय १५ जनसंख्या र तिन सय वढि मतदाता संख्या छ ।

विगतमा वाम गाउँमा मतदानस्थल नहुंदा बमका मतदाताले चार घण्टा पैदल हिडेर विच्छ्या मावि विच्छ्यामा मतदान गर्न पुग्नुपथ्र्याे । विच्छ्याँ केन्द्र महिला, बृध र अपाङ्ग मतदाताको पहुंचमा थिएन । चार घण्टा लामो पैदल दुरी हिड्नु पथ्र्यो । वीच बाटोमा खोला, जंगल थुम्का र ढिस्का काट्नु पथ्र्यो । खोेला किनार र ढिस्कोमा अवोरोध गरी मतदातालाई बाटोमै रोकथाम गरेका कयौं घटना छन् ।

आउन जान खान वस्न कम्तीमा पाँच हजार रप्ैंया एकजनाको खर्च हुन्थ्यो । मतदानको दुरुपयोग पनि उत्तिकै थियो । सबैले मतदान गर्न पाउदैन थिए । हिमाली गाउँपालिकाका सूचना अधिकारी राजवहादुर भण्डारीले भने ।एक मत दानगर्न बाम बाट कम्तीमा चार घण्टाको वाटो तय गर्नुपर्ने बाध्यता थियो । विछ्या आउन चार घण्टा जान चार घण्टा उसरी आउन जान र मतदान गर्न तिन दिन लाग्थ्यो। विकटबस्तीका मतदाताको कष्टलाई मध्यनजर गर्दे हिमाली गाउँ कार्यपालिकाको बैठकले निर्णय गर्यो, जिल्ला निर्वाचन कार्यलयले सिफारिस गर्यो ।

निर्वाचन आयोग नेपालले स्वीकृती दियो र अहिले हिमालीका विकट बस्ती बा, क्उणी र पाणी गरी तिन मतदानस्थल स्वीकृत भएर आएका छन् सूचना अधिकारी राज भण्डारीले भने । त्यसैगरी हिमाली गाउापालिका वडा नं ६ पाण्ीका मतदाताले मतदान गर्न तिन घण्टाको पैदल दुरी उकालो लेक काटेर धिम आउनु पथ्यो । धिममा पनि स्वतन्त्र मतदान गर्न पाईदैन थियो । प्राय निर्वाचनामा लफडा हुन्थ्यो अहिले पाणीमै मतदान स्थल कामय भएपछि स्वतन्त्ररुपमा कतदान गर्न पाउनेमा हामी ढुक्क छौं पाणीका पदम रोकायले भने ।

जिल्लको भौगाृलिक विकटता र मतदाताको समस्यालाई मध्यनजर गर्दै जिल्ल निर्वान कार्यलयले सिफारिस गरेको थियो ।हिमालीको दुर्गम वडा बाम लगायत विभिन्न पालिककाका सात स्थानमा मतदान स्थल थपिएका छन् भने केही मतदान केन्द्र हेरफेर गरिएको जिल्ला निर्वाचन कार्यलायका सूचना अधिकारी अंगत महतले भने ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी र बुढीनन्दामा नयाँ मतदानस्थल थपिएका हुन् । जसमा स्वामीकार्तिक खापर गाउँपालिका १ मा भगवती आवि रुढी, मण्डाली मावि खोलीकोट र वडा नम्बर ३ जुकोटलाई फटाएर शम्भुशुनन्दा मावि जुकुमा नयाँ मतदानस्थल स्थापना गरिएको छ । यस्तै, बुढीनन्दा नगरपालिका ३ मा मदनआश्रित आवि बड्डाला, हिमाली गाउँपालिका १ मा शुनन्दा आवि बाम, वडा नम्बर ५ कुलामष्टाजन आवि क्यिुणी र वडा नम्बर ६ खोलीकोट आवि पाडीमा नयाँ मतदानस्थल स्थापना भएको छ ।

७ नयाँ मतदानस्थल थपिएसँगै जिल्ला भर ७७ वटा मतदानस्थल भएका छन् भने १ सय १२ वटा मतदान केन्द्र रहेका छन् ।त्यस्तै जिल्लामा ६ वटा मतदानस्थललाई स्थानान्तरण गरिएको छ । बुढीनन्दा नगरपालिका ३ को सिराडी मतदानस्थलबाट कालीकामावि भुलेना, त्रिवेणी नगरपालिका ८ नवदुर्गा आवि झालगाउँबाट ढडाली स्वास्थ्य केन्द्रमा सारिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतले जानकारी दिए । महतका अनुसार बुढीगंगा नगरपालिका वडा नम्बर २, ३, ५ र ९ को मतदानस्थल सम्वन्धित वडाको वडा कार्यालयमा सारिएको छ । यसअघि उक्त वडाका विभिन्न स्वास्थ्य संस्था, विद्यालय आदिमा मतदानस्थल रहेका थिए ।

चार गाउँपालिका र पाँच वटा नगरपालिका रहेको बाजुरामा हाल ८६ हजार ५ सय ५७ मतदाता संख्या रहेको छ । जसमा महिला ४१ हजार ९ सय २०, पुरुष ४४ हजार ५ सय ३५ र अन्य २ जना रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

त्यसैगरी, जिल्लामा २०८२ असोज १० गतेदेखि यहीँ मंसिर ५ गतेसम्म एक हजार ५ सय १६ जना नयाँ मतदाता थपिएका छन् ।
सरकारले जेन जीलाई लक्षित गरी अध्यादेश मार्फत असोज १० गतेबाट मतदाता नामावली संकलन सुरु थियो । निर्वाचन आयोगले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको थियो । बाजुराका सविककाका अधिकांश मतदान केन्द्र अति संबेदनशील सूचीमा छन् । यद्येपी हाल थपएिका मतदान स्थल र मतदान केन्द्र हेरफेरले मतदान जोखिममा पनि केही न्युनिकरण हुने विस्वास स्थानीयको छ ।