काठमाडौँ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटका अवस्थामा पनि महानगरले आफ्नो दायित्वबाट पछाडि नहटेको बताएका छन्। शनिबार नवनिर्मित प्रशासकीय भवन ब्लक–बीको उद्घाटन कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनको बेला समेत आगलागी तथा विभिन्न विपद् व्यवस्थापनमा महानगरले उल्लेखनीय सफलता प्राप्त गरेको बताए।
उनका अनुसार दमकल, एम्बुलेन्स, शववाहन, नगर प्रहरीलगायतका सबै विपद् व्यवस्थापनका अवयवहरू एउटै छानामुनि व्यवस्थापन हुने व्यवस्था गरिएको छ, जसले कार्यक्षमता बढाएको छ। दमकल निस्केपछि एम्बुलेन्सले अनिवार्य रूपमा पछ्याउने नयाँ अभ्यासले प्रतिक्रिया प्रणालीलाई प्रभावकारी बनाएको उनले बताए।
मेयर महर्जनले छिट्टै दुई नयाँ एम्बुलेन्स र थप दुई दमकल थपेर विपद् व्यवस्थापन क्षमतालाई अझ सुदृढ बनाइने जानकारी पनि दिए।











प्रतिक्रिया