‘नागरिकको मुहारमा खुशी ल्याउने विकास आजको आवश्यकता’ राष्ट्रपति पौडेल


काठमाडौँ ।  

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तर सुधार गर्दै उनीहरूको मुहारमा खुशी ल्याउने विकास आजको मुख्य आवश्यकता भएको बताउनुभएको छ।

ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सेवा प्रवाहमा चुस्तता र सुशासनलाई नागरिक खुशीको आधार भएको उल्लेख गर्नुभयो।

नयाँ पुस्ताको आकांक्षा बुझेर राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्दै अघि बढ्नुपर्नेमा पनि राष्ट्रपति पौडेलले जोड दिनुभयो।