चितवनमा स्पाइनल इन्जुरी रिह्याब सेन्टर सञ्चालन


काठमाडौँ । 

सहज, पहुँचयोग्य र किफायती रूपमा स्पाइनल इन्जुरी भएका बिरामीलाई पुनर्स्थापना सेवा उपलब्ध गराउने उद्देश्यले ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्पाइनल इन्जुरी संघ नेपाल (सिया) द्वारा नारायणगढ न्युरोडमा स्थापित यो युनिट संघको दोस्रो ठूलो केन्द्र हो।

यसअघि काभ्रेको साँगामा २४ वर्षदेखि सफलतापूर्वक सेवा प्रदान गर्दै आएको केन्द्रपछि अब चितवनमा स्थापना भएको यो युनिटले मध्य नेपालका स्पाइनल इन्जुरी तथा न्युरोलोजिकल समस्या भएका बिरामीहरूलाई काठमाडौं वा साँगा धाउनुपर्ने आवश्यकता हटाउने अपेक्षा गरिएको छ।