आरबीआईले रेपो दर २५ आधार बिन्दुले घटाएर ५.२५% मा पुर्‍यायो


काठमाडौँ । 

भारतीय रिजर्भ बैंक (आरबीआई) ले रेपो दर २५ आधार बिन्दुले घटाउँदै ५.२५ प्रतिशतमा पुर्‍याउने निर्णय गरेको छ। कोषको अभाव हुँदा वाणिज्य बैंकहरूलाई केन्द्रिय बैंकले ऋण दिने दर नै रेपो दर हो।

समष्टिगत आर्थिक अवस्था तथा वित्तीय क्षेत्रको विस्तृत मूल्याङ्कनपछि मौद्रिक नीति समिति (एमपीसी) ले तरलता समायोजन सुविधा (एलएएफ) अन्तर्गत नीतिगत रेपो दर घटाउने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो।