काठमाडौँ ।
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली र अन्य क्षेत्रमा मुख्यतः सफा मौसम रहेको उल्लेख गरिएको छ।
दिउँसो सुदूरपश्चिमसहित कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी–हिमाली भूभागमा बदली रहने र गण्डकीका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।











प्रतिक्रिया