अटाे र स्कुटी टोकिँदा सात जना घाइते


नवलपरासी।

पूर्वी नवलपरासीमा शुक्रबार दिउँसो अटाे र स्कुटी एक आपसमा टोकिँदा ७ जना घाइते भएका छन् । हुप्सेकाेट गाउँ पालिका २ लाहुरे चाेक स्थित भित्री सडकमा पूर्वबाट पश्चिम जाँदै गरेको ग.प्र.००४-०१ ह १५४ नम्बरकाे अटाे र शिवालय चाेक तिर जाँदै गरेको ग.प्र.००१-०४ प ९१२९ नम्बरको स्कुटर ठाेकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

दुर्घटना परि स्कुटर चालक हुप्सेकाेट २ का १९ वर्षीय अमृत मल्ल, स्कुटरमा सवार १७ वर्षका सुशील बंशी ठकुरी र वर्ष २० का अमृत सिं ठकुरी घाइते भएका छन् भने मल्लकाे ढाडमा चाेट लागेकाे र वंशीको बायाँ खुट्टा भाचिएकाे बताइएको छ । 

त्यसैगरी  अटाेमा सवार सोही ठाउँ निवासी १७ वर्षका सागर बस्याल, १८ वर्षका आशिक परियार,१६ वर्षका कमल बिक र अटाे चालक ४२ वर्षीय ओम बहादुर कुमाल घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घाइते मध्ये २ जनालाई थप उपचारार्थ भरतपुर तर्फ पठाइएको र अन्यको स्थानीय  अस्पतालहरूमा उपचार भइरहेको छ ।  दुर्घटनामा परेका सवारी साधनहरूलाई प्रहरीले  नियन्त्रणमा लिएको जनाइएको छ।