लोकप्रिय गायिका सुनीता दुलाल प्रेमी राजेश केसीका साथ विवाह बन्धनमा बाँधिएकी छिन्। ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले शनिबार मूलपानीस्थित नर्लिङ रिसोर्टमा आयोजित वैवाहिक समारोहमा परिवार, आफन्त र निकट कलाकारको सहभागितामा लगनगाँठो कसेका हुन्।
सिन्धुपाल्चोक स्थायी घर भएकी सुनीता दुई दशकदेखि गायनमा सक्रिय छिन्। उनका झम्के फूली नाकैमा बुलाकी, मायाको मुखैमा चिनी, चालिसे चुरा, ओ बडड्ी, बाँसको कप्टेरोजस्ता गीत लोकप्रिय छन्। रुकुम पश्चिम घर भएका राजेश निर्माण व्यवसायी, इन्जिनियर तथा ने.वि. संघका केन्द्रीय सदस्यसमेत हुन् ।











प्रतिक्रिया