नगर पालिकाको प्रशासकीय भवन उद्घाटन

376
Shares

उदयपुर ।

 त्रियुगा नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भई सोमबार  नगर प्रमुख वसन्त कुमार बूनेतले उद्घाटन गरेका छन् । नगरपालिकाको वडा १० स्थित वासबारीमा अपाङमैत्री र वालवालिका मैत्री नगरपालिकाको नयाँ प्रशासनिक भवनको निर्माण कम्पनीले समयावधिमा सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

नव निर्मित कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख बस्नेतले सुविधा सम्पन्न भवनबाट जनतालाई सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको र बालबालिका, अशक्त अपांग तथा जेष्ठ नागरिकहरुले सहजे रुपमा सेवा लिनकालागि उनीहरुको अवस्था अनुसार सेवा लिन सक्ने गरी भवन निर्माण भएको बताए ।

भवन निर्माणको जिम्मा १२ करोड २६ लाख ३९ हजार २ सय ९३  रुपैयाँमा ज्ञान ज्योती बिल्डर्स प्राली काभ्रेले पाएको थियो । भुँइ तलासमेत ४ तलाको सो भवनमा जम्मा ८४ कोठा रहेको छ । २०८२  साल असार १३ गते भवन सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएकोमा आफ्नो समयावधिमा निर्माणको काम सम्पन्न गरि निर्माण कम्पनिले नवनिर्मित भवन नगरपालिकालाई एक कार्यक्रम गर्दै हस्तान्तरण गरेको हो ।

सम्झौता रकम भन्दा कम रकममा भवन निर्माणको काम सकाएर निर्माण कम्पनीले कामको मुल्यांकन आधारमा १२ करोड १३ लाख ७० हजार २ सय ११ रुपैया ७७ पैसा भुक्तानी लिएर भवन निर्माणको काम सकेको हो ।

नव निर्मित प्रशासकीय भवन फरक क्षमतामैत्री, वालमैत्री, अपाङमैत्री  विद्युतीय भ‍¥याङ सहित अन्डर पार्किङको सुविधा सहितको भवन बनेको नगरपालिकाका इन्जिनियर निर्मल चौधरीले बताए ।

नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सुविधा सम्पन्न कार्यकक्ष र सभाहल लगायत  नगरपालिकाका विभिन्न शाखाहरू एउटै भवनमा अट्ने गरीको नयाँ भवन बनेको हुँदा नवनिर्मित भवनलाई संचालनमा ल्याए पछि पालिकाले गर्ने सेवा प्रवाहमा चुस्तता आउने प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईरालाले बताए ।

यस्तै नगर प्रमुख वसन्त बस्नेतले नगरपालिकाको प्राशासकीय भवन निर्माण सम्पन्न भए पनि विभिन्न कारण र अन्य भवन भित्र चाहिने आवस्यक समानको अभाव रहेका कारण त्यसलाई उद्घाटन गरि अहिलेनै संचालनमा ल्याउन नसकिएको बताए ।

अहिले भवन सकिएको छ तर कम्पाउण्ड छैन, भित्र फर्निचर देखि कार्पेट केही छैन । भवन मात्र निर्माण सम्पन्न भएको छ, भवन बाहिरको खाली जग्गा सम्याउन त्यसलाई सझाउन बाँकी छ । यो आर्थिक वर्षमा त्यो काम सकाएर यसै आर्थिक वर्ष भित्रमा नयाँ भवनमा सरेर मना गर्ने योजना रहेको नगर प्रमुख बस्नेतले बताए ।

नयाँ भवनमान कार्यकक्ष बनाएर विभिन्न शाखा फाँटहरु सामाजिक शाखा, कृषि तथा पशुपन्छी शाखा, प्रशासन शाखा लगायतका शाखाहरु, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा राजस्व तथा कर शाखा लगायतका महत्त्वपूर्ण शाखाका फाँटहरु नयाँ भवनमा सारेर काम शुरु भएको छ ।

यस्तै लक्ष्मीपुर माध्यमिक बिद्यालयको १६ कोठे अत्याधुनिक भवन पनि सम्पन्न भएर बिद्यालय र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । २०७९ साल फागुन ८ गते गरिएको सम्झौता बमोजिम निर्माण कम्पनिले २०८२ साल असार १५ गते निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको हो ।

४ करोड ३७ लाख ५८ हजार ५ सय २५ रुपैया ७५ पैसामा निर्माण सम्पन्न गर्न पर्नेमा निर्माण कम्पनिको कामको मुल्यांकनको आधारमा सम्झौता रकम भन्दा कम ३ करोड ८३ लाख २३ हजार ८ सय ८८ रुपैया २५ पैसा भुक्तानी लिएर निर्माण कम्पनिले भवन हस्तान्तरण गरेको हो ।

तोकिएको समयमा गुणस्तरीय काम गरि निर्माण सम्पन्न गरेका निर्माण व्यवसायीलाई धन्यवाद तथा बधाई दिदै नगरपालिकाले सम्मान गरेको छ । र नगरपालिकाले संचालन गरेका ठुला योजनाहरु सवै समयमै सम्पन्न भएको नगर प्रमुख बस्नेतले बताए । दुई ठुला भवन सहित, अन्य ठुला योजनाहरु श्रीपुर खानेपानी, बालमन्दीरको बिद्यालय भवन, शाहीखोला पुल र  कभर्डहल जस्ता नगरपालिकाले निर्माण गरेका योजना समयमा सकिएको र अब विश्वबैंकको लगानीमा बन्दै गरेको सडक पनि समयावधिमा सम्पन्न हुनेमा बिश्वस्त रहेको बताए ।

सङ्घीय र प्रादेशिक कार्यलयबाट संचालन गरिएका योजनाहरु भने अत्याधिक ढिला सुस्तिका कारण सम्पन्न नभएकाले नगरवासीले सास्ती बेहोर्न परेको उनले बताए ।

त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीले २०७८ साल चैत्रमा शिलान्यास गरेका थिए ।