एक सय सत्र थान नक्कली नोटसहित ३ जना पक्राउ

9.31k
Shares

रौतहट ।

 रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट नक्कली जस्तो देखिने नेपाली मुद्रासहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ १६:०५ बजे सशस्त्र प्रहरी बल नेपाल, बीओपी औरैयाबाट खटिएको टोलीले एक जना भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो।

 भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारत पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जय प्रकाश कुमार ,१) गोनालाल राउत (करिब २० वर्ष), जिल्ला रौतहट देवाही गोनाही नगरपालिका–४ निवासी २० बर्षिय गोनालाल राउत

 र अर्को २० वर्षीय अजय पटेल रहेका छन्।  उनीहरूको साथबाट  १,००० दरका ११७ थान नक्कली नोट बरामद गरेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ११  गण हेडक्वाटर रौतहटले जनाएको छ।

सशस्त्र प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरी चौकी मठिया, रौतहटमा बुझाएको जनाएको छ।