उदयपुर।
उदयपुरको कटारी नगरपालिका १४ स्थित मिर्चैया कटारी घुर्मी सडकको पाखिमारे त्रिचालिस किन्दुभिर सिद्धिचरण लोकमार्गमा सडकबाट ४ सय मिटर तल एक बोलेर खस्दा एक जनाको ज्यान गएको छ ।
सोमबार साँझ साढे पाँच बजेको समयमा ललितपुरको महालक्ष्मी नपा ९ बाट उदयपुरको ताप्ली गाउँपालिकाको वडा नं ५ मा पर्ने रुपाटार गाउँमा जाँदै थिए । रुपाटार जाने क्रममा कटारी नपा १४ मा पर्ने सिद्धिचरण लोकमार्गको पाखिमारे त्रिचालिस किन्दुभिरबाट बोलेरो ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटना हुँदा जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ९ लिबु बस्ने वर्ष ३४ को दिपेन्द्र केसी रहेको र गाडी आफैले चलाएर हिँडेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृतक केसीको अन्तिम पटक रुपाटारस्थित घर परिवारसँग शनिबार साँझ ८.४४ बजे सम्पर्क भएको र घर जाँदा जाँदै बाटोमा दूर्घटनामा परी केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।
केसीको लाश कानूनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि १६ गते मंगलबार बिहान ०३ः०० बजे प्रादेशिक अस्पताल कटारी उदयपुरमा ल्याई राखिएको छ । गाडी सडकबाट १ किलोमिटर तल भिरमा खसी क्षतविक्षत अवस्थामा रहेकोले घटनाबाट भएको अन्य थप क्षति सम्बन्धमा विवरण प्राप्त भई सकेको छैन ।
उक्त घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली खटिई गई थप अनुसन्धान र खोज तथा उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया