एकतीस संस्थापक योगदान कर्ता सम्मानित

940
Shares

उदयपुर ।

 उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११ स्थित संगम टोल सुधार समितिले शनिकार ३१ औं  साधारणसभा गरेर टोल सुधार समितिमा रहेर स्थापना कालदेखि हालसम्म योगदान गर्ने ३१ जनालाई सम्मान गरेको छ ।

२०५३ सालमा स्थापना भएको संगम टोल सुधार समिति सम्भवतः जिल्लाकै पहिलो टोल सुधार समिति रहेको र स्थापना कालमा जम्मा २६ घरधुरी सदस्य रहेकोमा हाल ६ सय घरधुरी भएको छ । संगम टोल सुधार समिति बजार क्षेत्रमा पर्ने भएकोले पनि धर धुरी र जनसंख्या बढ्दै गएको हो ।

संगम टोल सुधार समितिको परिकल्पना गर्ने,स्थापना कालदेखि टोललाई विकास र समृद्धिको बाटोमा लैजान सहयोग गर्ने, प्रत्येक वर्ष देउसी भैलो खेलेर संस्थाको आर्थिक विकासमा योगदान गर्ने समेत जम्मा ३६ जनालाई सम्मान गरिएको छ ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतको प्रमुख आतिथ्यतामा भएको सो कार्याक्रममा बस्नेतले नगरपालिकाको विकासमा टोल विकास संस्थाको नगर महत्वपूर्ण योगदान हुने र संस्था बलियो भएमा नगर बलियो हुने बताए । 

नगर प्रमुख बस्नेतले आउँदा दिनहरुमा टोल विकास संस्थाहरुले युवा लक्षित कार्यक्रमहरु ल्याएर बेरोजगारी समस्या समाधानमा सहयोग हुने काममा तथा सीप तथा व्यवसाय मुलक काममा लगाएर समृद्धिको बाटोमा लाग्न प्रेरणा दिनु पर्ने बताए ।

संगम टोल सुधार समितिका अध्यक्ष धन कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा सम्मानितहरुका तर्फबाट उजिर बहादुर कार्की लगायतकाले मन्तव्य दिएका थिए भने प्रदीप कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

साधारणसभाले धन कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।