प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण


काठमाडौँ
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका नवनियुक्त सञ्चालक समिति अध्यक्ष दिनेश सरियाले औपचारिक रुपमा सपथ ग्रहण गरेका छन् । नेपाल बीमा क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्ने निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेका हुन् ।

सपथ ग्रहण कार्यक्रम नेपाल बीमा प्राधिकरणका अध्यक्षको कार्यकक्षमा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुसिल देव सुवेदी, निर्देशक शाम्भ राज लामिछाने, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका मानव संसाधन प्रमुख विष्णु प्रसाद घिमिरे, कम्पनी सचिव राजेन्द्र पाठक लगायतको उपस्थिती रहेको थियो ।

सपथ ग्रहणपछि सरियाले बीमा क्षेत्रको विकास, नियामकीय मापदण्डको पालना र सुशासनलाई प्राथमिकतामा राख्दै कम्पनीलाई थप सक्षम र जिम्मेवार संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।