विराटनगर ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि नेपाली काङ्ग्रेसमा उठेको बहसका बारे नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले मुख खोल्नु भएको छ । काङ्ग्रेसलाई सधै मिलनको बाटोमा पुर्याउन प्रयास गर्ने उपसभापति गुरुङले आज विराटनगर पुगेर काङ्ग्रेसमा पछिल्लो समय देखिएको बहस बारे मुख खोल्नु भएको हो ।


बिहिवार विराटनगरको कंचनजंगा पार्टी प्यालेसमा भएको नेपाल वित्तीय सस्था कर्मचारी संघ, कृषि विकास बैंक केन्द्रिय समितिको आठौं केन्द्रिय परिषदमा लाई सम्बोधन गर्दै उहाँले भदौ २२ गतेसम्म केन्द्रिय समितिको स्मरण गराउदै भन्नु भएको छ । डा.शेखर कोइराला बाहेक कसैले पनि २०८२ भित्रै महाधिवेशन हुनुपर्छ भन्ने अडान लिनु भएको थिएन । डा। शेखर कोइराला मात्रै हो जसले २०८२ मंसिर भित्रै महाधिवेशन हुनुपर्छ भनेर बारम्बार दोहोर्याउनु भयोू उहाँले भन्नुभयो उ सबैले आफ्नो पद एक बर्ष भएपनि बढ्ला कि भन्दै केन्द्रिय समितीमा सबै मौन बसे ।ू जेनजी आन्दोलन पछि एकाएक पार्टीमा अनेक बहस उठेको भन्दै यो बहस भदौ २२ गते अगाडि कम्तिमा नियमित महाधिवेशन समयमै गरौं भनेर उठेको भए अहिले पनि जायज मान्न सकिने धारणा राख्नुभयो ।
भदौ २२ को जेनजी आन्दोलनलाई स्मरण गर्दै उहाँले सिंहदरबार लगायत देशका संरचना जलाउने जेनजी नभैइ यो देशमा सधै अस्थिरता सिर्जना गर्ने तत्त्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो सिंहदरबार लगायतमा आगो लगाउने जेनजी होइनन्, देशमा अस्थिरता सिर्जना गर्ने तत्व हुन् ।
२०६२ साल अगाडि र यतिबेला गाउँगाउँ पुगेको विकास बीच पनि जनतामा निराशा मात्रै छरेर देशमा अस्थिरता सिर्जना गर्न खोजिएको उहाँको दाबी थियो । उहाँले भन्नुभएको ू२०६२ भन्दा अगाडि नुन बोकेर गाउँ जानुपर्थ्यो, टेलीफोन गर्न कतै टावर थिएन यति छोटो समयमा अहिले लगभग सबै गाउँलाई सडक संजालले जोडेको छ गाउँ गाउँमा टेलिफोन टावर पुगेको छ तर पनि यस बिचमा केही पनि भएन भन्ने भाष्या सिर्जना गरि नकारात्मकता मात्रै बाडिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेकै निर्वाचन प्रणालीले देशलाई निकास नदिने ठोकुवा समेत गर्नुभयो । उहाँले भन्नुभयो जनजी आन्दोलन पछि फागुन २१ मा हुन लागेको यहीँ प्रणालीको निर्वाचनले देशलाई निकास दिदैन, केही दिनलाई संसद खुल्ला गरौं र निश्चित बुदामा संविधान संसोधन गरेर मात्रै निर्वाचन प्रणालीमा जानुपर्छ । अहिलेकै प्रणालीले निकास दिने भए जेनजी आन्दोलन नहुने भन्दै उहाँले संविधान संसोधन अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
यतिबेला देश अत्यन्त संकट अवस्थामा रहेको भन्दै यो संकट समाधान गर्न पनि सबै राजनैतिक दल मिल्नुको विकल्प नभएको उहाँको तर्क थियो । यतिबेला देश निकै संकटमा छ यो संकट मोचन गर्न सबै राजनैतिक दल एक ठाउँमा हुनु आवश्यक छ उहाँको भनाइ थियो ।
जेनजी आन्दोलन पछि प्रहरीको मनोबल अत्यन्त गिरेको भन्दै यस्तो अवस्थामा निर्वाचन हुने सम्भावना अत्यन्त न्यून भएको उल्लेख गर्दै यस्तो अवस्थामा सबै राजनैतिक दल एकै ठाउँमा हुनुपर्ने उल्लेख गर्नुभयो ।











प्रतिक्रिया