गीतकार खरेललाई एक लाख रुपियाँसहित सम्मान


हेटौंडा । २०२० को दशकमा बनेको फिल्म माइतीघरको शिर्ष गीत वसन्त नै बस्न खोज्छ यहा गीत नसुनेका नेपाली सायदै होलान्। गीत लेखिएको ६ दशक पुगिसक्दा पनि यसका स्रोता उत्तिकै छन्।

२०२२ मा माइतीघरका लागि पहिलोपटक नेपाली फिल्मका लागि त्यो गीत लेखेका गीतकार किरण खरेल एक लाख रुपिया“नगदसहित हेटौंडामा सम्मानित हुने भएका छन्। उनले एक सयभन्दा बढी नेपाली फिल्मका लागि गीति अक्षर कु“देका छन्।

भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले यस वर्षको बिजुलीमाया वन अन्तर्राष्ट्रिय संगीत पुरस्कार गीतकार खरेललाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानले पत्रकार सम्मेलन गरी यस वर्षको पुरस्कार उनलाई प्रदान गर्ने जानकारी गराएको हो। १७औं संस्करणको पुरस्कार आगामी माघ १५ गते हेटौंडामा एक विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिने प्रतिष्ठानको मकवानपुर अध्यक्ष केशबलाल श्रेष्ठले जानकारी गराए। उद्यमी तथा व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमा बिजुलीमाया वनको सम्मानमा २०६४ सालमा पुरस्कार स्थापना गरेका हुन्। ५० हजार रुपिया“बाट सुरु गरिएका पुरस्कारको राशि २०६७ सालदेखि एक लाख पु¥याइएको हो।

२०१४ सालमा ए दुरका सितारा बोलको गीतबाट संगीत क्षेत्रमा सक्रिय गीतकार खरेलले हालसम्म ७ सयभन्दा बढी गीत लेखेका छन्। आधुनिक गीत लेखनदेखि फिल्म क्षेत्रमा समेत महत्वपूर्ण र सफल गीत सिर्जना गरेका खरेलको योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको अपुरस्कार प्रदान गर्न लागिएको आयोजकले जनाएका छन्। प्रतिष्ठानले देश तथा विदेशमा रही नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउ“दै आएका सर्जकलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको छ।

उक्त पुरस्कारबाट हालसम्म अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान, राजेन्द्र थापा र नीर शाह सम्मानित भइसकेका छन्। कलासाधक भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मानस्वरुप तरंग सा“स्कृतिक परिषद्को पहलमा २०५९ भदौ ७ गते भीम विराग संगीत साहित्य कला प्रतिष्ठान स्थापना गरिएको हो।

खरेल माइतीघरअगाडि नै गीतकारका रुपमा नेपाली आधुनिक संगीतक्षेत्रमा परिचित भइसकेका थिए। गीत रेकर्ड गर्न भारतको कलकत्ता पुग्नुपर्ने समयमै २०१४ सालमा एउटा गीत चर्चाको शिखरमा पुगिसकेको थियो– ए दुरका सितारा। उनले परम्परावादी गीति लेखनको पुरानो ढर्रा भत्काएर त्यही गीतबाट नेपाली आधुनिक गीतको युग सुरु गरेका हुन्। ए दुरका सितारा नेपाली आधुनिक गीतको प्रस्थानविन्दु थियो, जुन गीतले यति चर्चा पायो कि राजा महेन्द्र पनि मन्त्रमुग्ध भएका थिए।

सफलताको सि“ढी चढ्दै जा“दा पनि उनले आफ्नो साधनामा कमी ल्याएनन्। जीवनको ६ दशकभन्दा बढी समय गीतलेखनमै सक्रियरुपमा बिताए। ७ सयभन्दा बढी गीत लेखे। खरेलले माइतीघरस“गै, सिन्दुर, आघात, कन्यादान, तृष्णा, सारंगी, नाता रगतको, जीवनरेखा, कुमारीलगायत सयौं फिल्मका लागि सर्वकालीन सदावहार गीत लेखेका छन्। उनका ४ गीति संग्रह पनि प्रकाशित छन्।