निर्धन उत्थान लघुवित्तको वित्तीय साक्षरता सम्पन्न


काठमाडौँ
दाङ्ग जिल्लाको तुल्सीपुर उपमहानगरपालीका वडा न. ९ स्थित सल्लीबन सामुदायिक वनको सामुदायिक भवनमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । वित्तीय साक्षरता कार्यक्रममा सो क्षेत्रका सल्लीवन, शिवपुर, हरिनगर, मचोट र कटकुईया गाँउमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट गठन भएका ६ ओटा महिला समुहका सदस्य, अभिभावक, बुद्धिजिवी स्थानीय भद्रभलादमी र कर्मचारी समेत गरी करिव १०७ जनाको सहभागितामा सम्पन्न भएको थियो । वित्तिय साक्षरता कार्यक्रम निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको तुल्सीपुर ५ रहेको शाखा कार्यालय तुल्सीपुरको आयोजनामा सम्पन्न गरिएकोे थियो ।

वित्तीय साक्षरता कार्यक्रममा सहभागिलाई वित्तीय संस्थाको उदेश्य, सेवा, वित्तीय सेवामा पहुँच, उद्यमशिलता, कर्जा, बचत, वीमा, विप्रेषणका, पारिवारिक बजेट, आम्दानी, खर्च र बचतको महत्वका साथै डिजिटल बैकिंग र वित्तीय संस्थाले दिने गैरवित्तीय सेवाका वारेमा प्रशिक्षण गरिएको थियो । प्रशिक्षणको क्रममा वित्तीय संस्थाको उदेश्य, ईतिहास, समुह, केन्द्र, कर्जा अनुशासन, बैकिंग कसुरका वारेमा वित्तीय साक्षरता कार्यक्रमका साक्षरता, शाखा कार्यालयमा कार्यरत कर्मचारी डिल्ली भण्डारी, प्राप्ती कार्की हिमकला बुढा, गोमा वलीले सहजीकरण गर्नुभएको थियो । साक्षरता कार्यक्रममा क्षेत्रीय कार्यालय कोहलपुरका ब्यवस्थापक धु्रवराज जोशी र केन्द्रीय कार्यालयका वरिष्ठ ब्यवस्थापक जिताराम गौतमले प्रशिक्षण गर्नु भएको थियो । वित्तीय साक्षरता कार्यक्रममा संचालन तथा उदघोषण श्री ध्रुवराज जोशीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिले सेवाशुल्क ब्याजदर र किस्ता भुक्तानी प्रणाली वारेमा जिज्ञासा राखेका थिए ।

वित्तीय साक्षरता कार्यक्रममा सहभागिलाई शाखा प्रमुख श्री धर्मराज बश्यालले स्वागत गर्नु भएको थियो । स्वागत गदै वित्तीय साक्षरता तालिममा सहभागिलाई सक्रिय सहभागिता जनाउँदै आ आफना जिज्ञासा, नीतिनियम, गुनासा वारेमा स्पष्ट रुपमा राख्न सुझाव गर्दै सो वारेमा प्रष्ट पार्ने र वित्तीय साक्षरताको स्तर वृद्धि गर्ने कार्यक्रमको उदेश्य रहेको शाखा प्रमुख धर्मराज बस्यालले भन्नु भएको थियो ।

यसै क्रममा संस्थाले वार्षिक रुपमा प्रकाशन गरेको समृद्धिको मार्ग, २०८२ पुस्तक यस शाखाकी सफल उद्यमी हरिनगर केन्द्रकी ऋणी सदस्य कमला कुमारी वली खड्का लाई हस्तान्तरण वरिष्ठ ब्यवस्थापक जिताराम गौतमले गर्नु हुँदै सबै सहभागिलाई आ आफनो पेशा ब्यवसायिक रुपमा गरेर उद्यमी हुन सल्लाह दिनु भयो । सहभागिहरुले वित्तीय साक्षरता कार्यक्रमबाट आफुहरुलाई धेरै विषयमा जानकारी भयो सो ज्ञान भोली देखि नै आफ्नो दैनिक जिवनमा अपनाउने प्रतिवद्धता गरेका थिए ।

संस्थाको शाखा कार्यालयबाट तुल्सीपुर उपमहानगर पालिका, घोराही उपमहानगरपालीका, र दंगिशरण गाँउपालिकामा गठन भएका १७० वटा केन्द्रमा आवद्ध ३१७८ जना सदस्यलाई १९ करोड कर्जा लगानी र ११ करोड बचतको कारोवार रहेको शाखा प्रमुख धर्मराज वश्यालले बताउनु भयो ।

संस्थाले देशका ७७ वटै जिल्लामा संचालन गरेका १८५ शाखा मार्फत ४ लाख भन्दा धेरै घरधुरीमा २७ अरब भन्दा धेरै कर्जा लगानी र २१ अरब बचत कारोवार गरेको केन्द्रीय कार्यालयका वरिष्ठ ब्यवस्थापक जिताराम गौतमले जानकारी दिनु भयो ।