नेपाल प्रहरीमा फेसबुक पोस्ट विवाद: प्र.ना.म.नि. जयराज सापकोटाविरुद्ध विभागीय कारबाही सुरु


काठमाडौं। 

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्र.ना.म.नि. जयराज सापकोटाले आफ्नो फेसबुक आइडी Sapkota Jaya बाट “हम कभी नहि सुध्रेङ्गे Nepal police Digp posting” भनी पोस्ट गरेपछि विवाद उत्पन्न भएको छ।

सो पोस्टपछि विभिन्न अनलाइन मिडियामा समाचार प्रकाशित भए। प्रहरी प्रधान कार्यालयका अनुसार, सापकोटाको यो कार्य प्रहरी नियमावली २०७१, नेपाल प्रहरी सञ्चार माध्यम नीति २०६०, कर्मचारी आचार संहिता कार्यादेश २०७७ लगायतका नियमको उल्लङ्घन भएको ठहर गरिएको छ।

यसलाई लक्षित गर्दै नेपाल प्रहरीले विभागीय कारबाही प्रक्रिया सुरु गरेको जानकारी दिएको छ।