वैशाखमा परालको आगो


सामाजिक कथाको फिल्म परालको आगोको छायांकन सकिएको छ।
म्याग्दीको विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको सुटिङ ४० दिनमा सकिएको हो। सुटिङ सकिएस“गै फिल्मको तीन फरक लुक्सका तस्विर र रिलिज डेट समेत सार्वजनिक गरिएको छ। फिल्म आगामी वैशाख ११ गते रिलिजमा ल्याइने निर्माता सुशील पोखरेलले जानकारी गराए।

‘अरू फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै मैले मेरो फिल्म साधारण डेटमा रिलिज गर्ने निर्णय गरेको हु“’, निर्माता पोखरेलले भने– ‘एकैचोटी धेरै फिल्म हलमा लाग्दा निर्माता तथा हल व्यावसायीको धेरै नोक्सानी हुन्छ। ग्यापमा आउ“दा निर्माता र हल दुवै पक्षलाई फाइदा होस् भन्ने सोचले सबै मेजर डेट छोडेर वैशाख ११ गतेको साधारण डेटलक गरेको छु।

’ पोखरेलले जेनजी आन्दोलन चलिरहेको बेलामा छायांकनमा अवरोध भए पनि टेक्निसियन, कलाकार र निर्देशकको खटाईले काम चा“डो सकिएको बताए। ‘नेपाली माटोको सुगन्ध आउने फिल्मलाई हिमाली लोकेसनमा ४० दिन लगाएर ठूलो क्यानभासमा छायांकन गरेका छौं। काम पनि एकदमै उम्दा भएको छ। सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापादेखि बाल कलाकार एन्जिला बानियासम्मले एकदमै राम्रो काम गर्नुभएको छ।’ –उनले जानकारी गराए।

गुरुप्रसाद मैनालीको कथामा निर्मित फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने, बालकलाकार एन्जिला बानिया“लगायतले अभिनय गरेका छन्। लक्ष्मण सुनारको निर्देशनमा निर्माणाधिन फिल्ममा लेखन सुशील देवकोटा, गीत रचना सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुत, संगीत शान्ति ठटाल, सत्य स्वरूप र अभिनेता प्रकाश सपुत, कोरियोग्राफी रामजी लामिछाने र छायांकन संकल्प भुजेलको रहेको छ। गुरुप्रसाद मैनालीको नासो कथा संग्रहमा संगृहित कथाका आधारमा बनेको यही नामको फिल्म ४५ वर्षअघि प्रताप सुब्बाले निर्देशन गरेका थिए।

श्रद्धाञ्जली : ख्यातिप्राप्त अभिनेता राजेश हमाल फिल्म निर्माता एवं रेस्टुरेन्ट तथा कानुनी लेखापढी व्यवसायी दिलीप पौडेलप्रति उनको क्रियाकर्म चलिरहेको चण्डोलस्थित टुँडालदेवी मन्दिरसगैको क्रियापुत्री भवनमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै । अभिनेता हमालले पौडेलद्वारा ३२ वर्षअघि निर्मित त्यो समयकै बिग बजेटको फिल्म ज्वालामा अभिनय गरेका थिए। पौडेलले निर्माण गरेको अर्को फिल्म जीवन संघर्षको प्रमुख अभिनेता पनि अभिनेता हमाल नै थिए। पौडेलको गत मंसिर ३ गते राति उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा निधन भएको थियो ।