काठमाडौँ
नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को प्रत्यक्ष प्रसारण अधिकार पाएको म्ष्कजज्यmभ ९न्इ० एपले भारतबाहेक विश्वभर खेल प्रसारण गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । उद्घाटन खेलमै जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाबीचको रोमाञ्चक प्रतिस्पर्धा दुई लाखभन्दा बढी दर्शकले प्रत्यक्ष हेर्न सफल हुँदा एपको ‘कन्क्युरेन्ट भ्युवरशिप’ नयाँ कीर्तिमान बनेको छ, जसले एपको प्रविधि क्षमता र तयारीलाई प्रमाणित गरेको छ ।
उद्घाटन खेलमा केही प्रयोगकर्ताले प्रत्यक्ष प्रसारण हेर्न समस्या भोगे पनि यो चुनौती केवल एपको कारण नभई, एनपिएल सिजन पास खरिद प्रक्रियासँग सम्बन्धित प्रणालीगत जटिलताका कारण उत्पन्न भएको कम्पनीले स्पष्ट पारेको छ। विशेषतः आइओएस प्रयोगकर्ताहरूले सदस्यता सक्रियता प्रक्रियामा असहजता अनुभव गर्दा, एन्ड्रोइड प्रयोगकर्ताहरू सहजै सेवा लिन सफल भएका थिए।
एपका इन्जिनियर तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको लगातार प्रयासपछि पहिलो दिनकै अधिकांश समस्या समाधान गरियो। दोस्रो दिनदेखि आइओएस प्रयोगकर्ताले पनि सहज रूपमा एनपिएल सिजन पास खरिद गरी प्रत्यक्ष खेल हेर्न सक्ने अवस्था आएको छ । दोस्रो र तेस्रो दिनका खेलमा प्रायः सबै प्राविधिक चुनौतीहरू समाधान भइसकेको कम्पनीले जनाएको छ । साथै, आधिकारिक च्यानलहरूमा आएका हजारौं अनुरोधहरू प्रणालीमार्फत एकैपटक सक्रिय गरिनुका साथै दोहोरो भुक्तानी भएका प्रयोगकर्ताको रकम फिर्ता प्रक्रिया पनि सुरु भइसकेको छ ।
उपभोक्तालाई झन् सहज बनाउन बुधबारदेखि खल्ती र इसेवामार्फत एनपिएल सिजन पास भौचर खरिद गर्न सकिने व्यवस्था सुरु गरिएको छ । नेपालभित्र मात्र प्रयोग गर्न मिल्ने यो भौचर आवश्यकता अनुसार जति पनि किन्न सकिने भएकाले घर–परिवार वा साथीहरूलाई पनि मोबाइलमार्फत खेल हेर्न सहयोग पु¥याउने उद्देश्य राखिएको छ ।
पूर्ण रूपमा मोबाइल एपमार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने पहिलो नेपाली कम्पनीको रूपमा आफूलाई प्रमाणित गर्दै, म्ष्कजज्यmभ राष्ट्रिय सीमा पार गर्दै विश्वस्तरीय प्रत्यक्ष प्रसारण प्लेटफर्मको सूचीमा स्थान सुरक्षित गरिसकेको छ । यस उपलब्धिलाई नेपाली डिजिटल प्रसारण क्षेत्रकै ऐतिहासिक प्रगति मानिएको छ ।
एपका आधिकारिक प्रवक्ताले भने, “हामीले भोगेका प्राविधिक चुनौतीहरू केवल हाम्रो प्रणालीसँग सम्बन्धित थिएनन्, विभिन्न संलग्न प्रक्रियाहरूको जटिलता पनि जिम्मेवार थिए । पहिलो दिन कठिनाइ देखिएपछि निःशुल्क हेर्ने सुविधा प्रदान गर्दा करिब दुई लाख दर्शकले सहजै खेल हेर्नुभयो। दोस्रो दिनदेखि सबै प्रयोगकर्ता पूर्णरूपमा सदस्यता लिएर खेल हेर्न सक्ने अवस्था आएको छ । दर्शकहरूलाई भएको असुविधाका लागि क्षमायाचनासँगै दोहोरो भुक्तानी भएको रकम फिर्ता गर्ने हाम्रो प्रतिबद्धता यथावत छ ।”











प्रतिक्रिया