सामाजिक कथामा बनेको फिल्म मुगलानमा समावेश पिन्टु पियारी बोलको गीत सार्वजनिक गरिएको छ।
सार्वजनिक डान्सिङ गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले नृत्य गरेका छन्। युना डिजिटल युटुब च्यानलमार्फत रिलिज गीतको भिडियो दर्शकले मन पराइरहेका छन्।
गीतमा गायक हरि गिरी (विमर्शी) र शान्तीश्री परियारको स्वर तथा संगीत र शब्द रचना हरिकै छ। आशीष ढकालको लेखन र निर्देशन तथा रिहान प्रोडक्सनको ब्यानरमा गोमन सिंहको निर्माणमा बनेको फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका साथमा श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खबपु, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बास्तोलालगायतका कलाकारले अभिनय गरेका छन्।
ऋचा चौधरी सह निर्मात्री रहेको फिल्ममा किरण भुषालको संगीत, आशीष ढकाल,सिर्जना लम्साल र हरि गिरी (विमर्शी) को शब्द रचना, प्रताप दास, शान्तीश्री परियार, वेनिशा पौडेल र हरि गिरी (विमर्शी) को संगीत, देवेन्द्र कु“वरको कोरियोग्राफी, जय विष्ट र राम गुरुङको द्वन्द्व निर्देशन, डिओपी अजय रेग्मी र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ।











प्रतिक्रिया