काठमाडौँ।
थाइल्याण्डमा दाह–संस्कारका लागि मन्दिरमा ल्याइएकी एक महिला कफिनभित्रै हलचल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू चकित बनेका छन्। बैंकक बाहिरी नोन्थाबुरी प्रान्तस्थित ‘वाट रात प्राखोङ थाम’ बौद्ध मन्दिरले सार्वजनिक गरेको भिडियोमा पिकअप ट्रकको पछाडि राखिएको सेतो कफिनभित्र एक महिलाले हात र टाउको हल्लाउँदै जीवित रहेको संकेत देखिएको छ।
मन्दिरका महाप्रबन्धक पैराट सुदथुपका अनुसार ६५ वर्षीया ती महिलालाई उनका भाइले फित्सानुलोक प्रान्तबाट अन्तिम संस्कारका लागि ल्याएका थिए। कफिनभित्रबाट हल्का ढकढकिएको आवाज आएपछि कर्मचारीहरू स्तब्ध बने र तुरुन्तै उनलाई बाहिर निकालेर अस्पताल पुर्याए।
अस्पताल परीक्षणमा उनको रगतमा ‘सुगर लेभल’ अत्यन्तै कम भएको पाइएको छ, जसका कारण उनी अचेत अवस्थामा जीवितै कफिनमा परेको अनुमान गरिएको छ।











प्रतिक्रिया