देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, अधिकांश ठाउँमा मौसम सफा


काठमाडौँ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली देखिएको छ भने लुम्बिनी प्रदेशका केही स्थानमा हुस्सु तथा तुवाँलो परेको छ।

आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।