निर्धन उत्थान लघुवित्तको वित्तीय साक्षरता सम्पन्न


काठमाडौँ
दाङ जिल्लाको गढवा गाँउपालीका वडा न. ५ स्थित धर्मपुर सामुदायिक भवनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । वित्तीय साक्षरता कार्यक्रममा सो क्षेत्रका धर्मपुर, आँटीपाकर, परनाहार र घुम्ना गाँउबाट आएका महिला, पुरुष गरी करिव १ सय जनाको सहभागितामा संचालन भएको हो ।

वित्तिय साक्षरता कार्यक्रम निर्धन उत्थान शाखा कार्यालय गढवाको आयोजनामा सम्पन्न गरिएकोे थियो ।

वित्तीय साक्षरता कार्यक्रममा सहभागीलाइ उद्यमशिलता, कर्जा, बचत, वीमा, विप्रेषणका साथै डिजिटल बैकिंग र वित्तीय संस्थाले दिने गैरवित्तीय सेवाका बारेमा प्रशिक्षण गरिएको थियो ।

प्रशिक्षणको क्रममा वित्तीय संस्थाको उदेश्य, ईतिहास, समूह, केन्द्र, कर्जा अनुशासन, बैकिंग कसुरका बारेमा वित्तीय साक्षरता कार्यक्रम साक्षरता, शाखा कार्यालयमा कार्यरत कर्मचारीका साथै क्षेत्रीय कार्यालय कोहलपुरका ब्यवस्थापक धु्रवराज जोशी र केन्द्रीय कार्यालयका वरिष्ठ ब्यवस्थापक जिताराम गौतमले प्रशिक्षण गर्नु भएको थियो ।

वित्तीय साक्षरता कार्यक्रममा संचालन तथा उदघोषण ध्रुवराज जोशीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिले सेवा शुल्क, ब्याजदर र किस्ता भुक्तानी प्रणाली बारेमा जिज्ञासा राखेका थिए ।

वित्तीय साक्षरता कार्यक्रममा सहभागिलाई स्वागत गर्दै वित्तीय साक्षरता तालिममा सहभागि हुँदै गर्दा आआफ्ना जिज्ञासा, नीतिनियम, गुनासा बारेमा स्पष्ट गर्नु गराउनु कार्यक्रमको उदेश्य रहेको शाखा प्रमुख रुन्नता गौतमले भन्नु भयो ।

संस्थाको शाखा कार्यालयबाट २३९१ जना सदस्यलाई १३ करोड कर्जा लगानी र ११ करोड बचतको कारोवार रहेको शाखा प्रमुख रुन्नता गौतमले बताउनु भयो ।

संस्थाले देशका ७७ वटै जिल्लामा कुल १८५ शाखामार्फत ४ लाखभन्दा धेरै घरधुरीमा २७ अरब भन्दा धेरै कर्जा लगानी र २१ अरब बचत कारोवार गरेको केन्द्रीय कार्यालयका वरिष्ठ ब्यवस्थापक जिताराम गौतमले जानकारी दिनु भयो ।