चन्द्रागिरि साकोस र किसान नेटविच सहमती पत्रमा हस्ताक्षर


काठमाण्डौँ
मंसिर ७ गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र किसान नेट विच सहमती पत्रमा हस्ताक्षर भएको छ । चन्द्रागिरि साकोसका सदस्यहरुलाई गुणस्तरीय, शुलभ ईन्टरनेट सेवा प्रवाह, सामुदायिक स्वामित्व प्रवद्र्धन र किसानलाई आवश्यक विभिन्न सेवा क्षेत्रमा सहज, शुलभ र सरल पुहँच दिने उद्देश्यले यो सहमती पत्रमा हस्ताक्षर भएको हो ।

ग्राहक पनि आफैं र मालिक पनि आफैं भन्ने मुल उद्देश्यले किसानलाई सहुलियत दरमा गुणस्तरीय ईन्टरनेट सेवाको साथमा प्रत्येक प्रयोगकर्ताले कम्पनिको इक्विटीमा समेत हिस्सा पाउने गरी यो सम्झौता भएको छ ।

यसको साथै किसान केन्द्रित हुनेगरी ईशिक्षा, किसान स्वास्थ्य, किसान मार्ट, किसान मौसम, किसान बैंकिङ, किसान ईन्भेन्टोरी, किसान ईम्प्याक्टलगायतका थप क्षेत्रहरुमा समेत चन्द्रागिरिका सदस्यहरुले सुविधा पाउने जनाईएको छ ।

चन्द्रागिरि साकोसको मुख्य कार्यालयमा आयोजित सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र किसान नेटका कार्यकारी निर्देशक केशव स्थापितले हस्ताक्षर गर्नुभएको थियो ।