काठमाडौँ।
तनहुँको व्यास नगरपालिका-१० को एक परिवारले आफ्ना बुबाको स्मृतिमा ह्विलचियर हस्तान्तरण गरेको छ। स्वर्गीय पिता हरिप्रसाद पोखरेलको १५ औं पुण्य तिथिको अवसरमा उनका छोरा विश्व चन्द्र पोखरेल र बुहारी सुनिता पोखरेलले आज १० नं वडा कार्यालयमा सोही वडाका वडाअध्यक्ष खेमराज पोखरेललाई एक थान ह्विलचियर हस्तान्तरण गरेका हुन्।
सेवाका लागि आउने अपांग सेवाग्राहीको सहजताका लागि ह्विलचियर हस्तान्तरण गरिएको उनले बताएका छन्।
यसअघि स्वर्गीय हरि प्रसाद पोखरेलको १३ औं पुण्य तिथिको अवसरमा उनकी छोरी विना पोखरेलले राष्ट्रिय परोपकार महासंघद्वारा संचालित परोपकार वृद्ध आश्रममा अस्पतालमा प्रयोग हुने वेडसहितको सामग्री हस्तान्तरण गरेकी थिइन्।











प्रतिक्रिया