गरिमा विकास बैंकले १९ औँ वार्षिकोत्सवमा गर्यो रक्तदान कार्यक्रम


काठमाडौँ
गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवमा मंसिर ७ गते देशका विभिन्न ८ स्थानमा बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

यसका साथै, बैंकले १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक (सीएसआर) कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौँको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको छ ।

१९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले देशका विभिन्न १६ स्थानका विद्यालयमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण गरेको छ । यसका अतिरिक्त, बैंकले श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौँलाई खाद्यान्न सामाग्री र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरी १९ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको छ ।

त्यसैगरी, “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नाराका साथ विकास बैंकले मिति २०८२ मंसिर ६ गते गरिमा रोड रेसअन्तर्गतको दोस्रो संस्करण गरिमा रोड रेस, २०२२, समेत सफलतापूर्वक सम्पन्न गरेको छ, जसमा १,००० भन्दा बढी धावकहरूको सहभागिता रहेको थियो ।

विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकतामा राखी निरन्तरता दिने तथा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।