बुटवल।
रूपन्देहीको तिलोत्तमा र सियारीको सिमानामा पर्ने बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वका लागि भएकोे निर्वाचनमा चारदलीय(एमाले,माओबादी,जनमुक्ती र राप्रपा ) गठबन्धनलाई पराजित गर्दै कांग्रेस समर्थित तारा प्रसाद छन्तेलको प्यानले निर्वाचित भएका छन् ।
सामुदायिक वनको २१ औँ बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनमा कांग्रेस समर्थकपुरै प्यानल नै विजयी भएको हो । चारदलीय गठबन्धनका उम्मेदवार लिल बहादुर क्षेत्रीलाई १ सय १३ मतान्तरले पराजित गर्दै अध्यक्षमा छन्तेल निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा लक्ष्मण भट्टराई १६५ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी धनराज शर्माले १५१ मत ल्याए ।
सचिवमा दुर्गी कुमारी राना १७० मतका साथ विजयी भएकी छन् । उनका प्रतिस्पर्धी हिरामाया बुढाथोकीले १४१ मत ल्याइन् ।सहसचिवमा श्याम बस्याल निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्षमा तारा कुँवर १६५ मतले विजयी भए ।
त्यस्तै लेखा संयोजकमा नारायण प्रसाद अर्याल १६७ मत, अनुगमन संयोजकमा आदर्श पाइजा १५५ मतका साथ विजयी भएको मुख्य निर्वाचन अधिकृत मनोज ज्ञवालीले जानकारी दिए ।
२३ सय ३७ उपभोक्ताबाट छनोट भएका ३३३ जना परिषद् सदस्यले मतदान गरेका थिए । जसमा ३२५ मत खसेको थियो ।











प्रतिक्रिया