एनपीएलमा सट्टेबाजी गराउने ८ जना भारतीय पक्राउ


काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सट्टेबाजी गराएको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बल्खुबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको आन्द्रा प्रदेशका ३१ वर्षीय राजा यदुला, ३५ वर्षका महेश बाबु, ३० वर्षका पण्डित श्रीनिवासुलु, २० वर्षका सेख सोयब, ३० वर्षका नभिन मड्डेला, ३२ वर्षका महमद रफी सेख, १९ वर्षका साई कुमार तम्मिसेट्टी र २८ वर्षका सेख चन्द बसल रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले १५ थान मोवाइल पनि बरामद गरेको छ। थप अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसर भद्रकाली पठाएको छ।