काठमाडौ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त रिट सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा परेको हो।
यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गरेको कारणसहित अदालतसमक्ष उपस्थित गराउन आदेश दिएको थियो।
प्रहरीले मङ्सिर १ गते सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई भक्तपुर ठिमीस्थित निवासबाट पक्राउ गरेको हो। उनले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनसहित यातायात ठप्प पार्ने चेतावनी दिएका थिए भने क्यानका अधिकारीलाई एनपीएल रोक्न दबाब दिएको अभिव्यक्ति पनि सार्वजनिक भएको थियो।











प्रतिक्रिया