काठमाडौं।
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याज दरसमेत उल्लेख गरी यही मंसिर ८ साझ सात बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
सूचनाअनुसार सो रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो।सूचनाअनुसार ‘क’ वर्गको वाणिज्य बैंकमा तीन अर्ब ८० लाख रुपिया ‘ख’ वर्गका विकास बैंकमा रु ५६ करोड ४० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु १८ करोड ८० लाख रुपिया“ बराबर लगानी हुनेछ।
बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, केन्द्रीय बैंकबाट तोकिएको न्यूनतम कूल पुजी कोष कायम गरेको र निष्क्रिय कर्जा कुल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका शर्त पूरा गरेको हुनुपर्ने छ ।











प्रतिक्रिया