काठमाडौँ ।
ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा शनिबार मौलिक सम्पदा तथा समुदायको संरक्षणका उद्देश्यले सांस्कृतिक शान्ति तथा सद्भाव र्याली सम्पन्न भएको छ।
विद्यमान तरल परिस्थितिमा पौरख, गौरव, संस्कृति र राष्ट्रियता जोगाउन संयुक्त अभियान समूहले र्याली आयोजना गरेको हो। सहभागीहरूले शान्ति, सुशासन, राष्ट्रियता तथा सामूहिक शक्तिको सन्देशसहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।











प्रतिक्रिया