काठमाडौँ ।
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक शनिबार बस्ने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा बस्ने बैठकमा मोर्चाको मूल समितिका सदस्यहरू सहभागी हुने जनाइएको छ। बैठकको अध्यक्षता लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्नेछन्।
बैठकमा आगामी निर्वाचनका तयारी र रणनीति, मोर्चाको सङ्गठनात्मक विस्तार, मधेस प्रदेशको सरकारसम्बन्धी विषय तथा अन्य समसामयिक मुद्दामा छलफल हुने बताइएको छ।











प्रतिक्रिया