धनुषा–सिरहा जोड्ने कमला पुल तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता


काठमाडौँ।

धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गर्दै पुल निर्माणको ढिलाइबाट स्थानीयले भोगिरहेको जोखिम र असुविधा प्रत्यक्ष अनुभव गरेका थिए।

वर्तमानमा ४६९ मिटर लम्बाइको पुलको ८३ प्रतिशत भौतिक प्रगति र ८२ प्रतिशत वित्तीय प्रगति भएको छ। पुल निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्रीसमक्ष तीन महिनाभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

यो पुल मधेस प्रदेशको यातायात सुविधा, सुरक्षा र आर्थिक विकासका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। मन्त्रालयले अब नियमित अनुगमन र आवश्यक सहयोग गर्दै पुललाई समयमै सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ।