काठमाडौं ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात भएको छ।
शुक्रबार दिउँसो वर्षापछि सुरु भएको हिमपातका कारण त्यहाँ चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। चिसोका कारण तीर्थयात्रीलाई जाडोबाट बच्न सतर्क रहन समितिले अनुरोध गरेको छ।
हिमपातका कारण आवतजावतमा सामान्य असर परे पनि बिहान मन्दिर पुगेका भक्तजनले दर्शनसँगै हिउँ खेलेर आनन्द उठाएका छन्। मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको भीड देखिएको छ।











प्रतिक्रिया