चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई घाइते


काठमाडौं ।

चितवनको माडी नगरपालिका–१ गर्दीमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले ठक्कर दिँदा माडी–१ सेरुवाका करिब ६२ वर्षीय फिरल महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

पैदलयात्रीलाई ठक्कर दिएपछि बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन्। उनीहरू बघौडा अस्पतालमा उपचाररत छन् र अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ। बस चालक फरार रहेका कारण खोजी जारी छ।