देशभर मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना


काठमाडौँ ।

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिए पनि अन्य अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका केही हिमाली स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

राति पनि कोशी र गण्डकीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने भने अन्य क्षेत्रमा मौसम सफा रहेको छ।