काठमाडौं ।
काठमाडौंको माईतीघर मण्डलामा शुक्रबार जेन–घाइते समूहले धर्ना दिएको छ। गत भदौ २३ र २४ गतेको जेन–प्रदर्शनका क्रममा घाइते भएका उनीहरूले न्याय र माग सम्बोधनका लागि पुनः प्रदर्शन गरेका हुन्।
आज नै नेकपा एमालेसम्बद्ध युथ भोलेन्टियर्स फोर्सले पनि आफ्नै कार्यक्रम लिएर माईतीघर पुगेपछि सम्भावित भिडन्त रोक्न सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो। शान्ति सुरक्षा कायम राख्दै दुवै समूहका कार्यक्रम बिना ठूलो अवरोध सम्पन्न भएका छन्।











प्रतिक्रिया