काठमाडौँ ।
नेकपा एमाले निकट नेशनल भोलेन्टियर फोर्सले शुक्रबार मध्यान्ह काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। सामाखुशी र जावलाखेलबाट ¥याली सुरु गरिएको फोर्सले बबरमहल, माईतीघर हुँदै नयाँबानेश्वरसम्म मार्च पास गर्दै प्रदर्शन सम्पन्न गरेको हो।
आज नै काठमाडौंस्थित एक होटलमा फोर्सको केन्द्रिय कमाण्ड घोषणा गरिने कार्यक्रम रहेको छ, जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति रहनेछ। कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौंका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।











प्रतिक्रिया