काठमाडौँ ।
विस्तृत शान्ति सम्झौता हस्ताक्षर भएको १९ वर्षको अवसरमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना नै शान्ति सम्झौताको मूल मर्म भएको बताएका छन्। शुक्रबार जारी सन्देशमा उनले ‘जेनजी’ पुस्तासमेत त्यही भावना र स्पिरिटका साथ आवाज उठाइरहेको दाबी गर्दै शासन प्रणाली र संविधानमा आवश्यक परिमार्जन गरिए मात्र युवाको आकांक्षा पूरा हुने उल्लेख गरेका छन्।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको सम्झौताले नेपालमा सामन्तवादको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिएको प्रचण्डले स्मरण गरे। सामाजिक न्याय, सुशासन र आर्थिक समानता पूरा नभएसम्म सम्झौतापूर्ण कार्यान्वयन सम्भव नहुने बताएका उनले नयाँ एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहेको पनि जनाए।
विगतको गम्भीर समीक्षा गर्दै समाजमा देखिएका समस्याहरू समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयास आवश्यक रहेको भन्दै प्रचण्डले विशेष अपिल गरेका छन्।












प्रतिक्रिया