सुन र चाँदीको मूल्य घट्यो


काठमाडौँ ।

नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १३०० रुपैयाँले घटेर २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार यसको मूल्य २ लाख ४३ हजार रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेर तोलामा ३१०० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी तोलाको मूल्य ३ हजार १८५ रुपैयाँ निर्धारण गरिएको थियो।