स्याङ्जामा ध्वनि चिकित्सा पद्धतिको सुरुवात

1.13k
Shares

स्याङ्जा ।

स्याङ्जाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नवग्रह मन्दिरमा ध्वनि चिकित्सा (साउन्ड हिलिङ सेवा) प्रारम्भ भएको छ । अर्जुनचौपारी गाउँपालिकाले  ध्वनि चिकित्साको सेवा सञ्चालनमा ल्याएको  हो । अर्जुनचौपारी गाउँपालिका  –१ मा अवस्थित  नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा पालिकाले आध्यात्मिक साधना र शारीरिक–मानसिक स्वास्थ्य दुवैलाई जोड्दै नयाँ सेवा संचालनमा ल्याएको हो । मानसिक र आध्यात्मिक स्वास्थ्यलाई मध्यनजर गरी नवग्रह मन्दिरमा नयाँ सेवा प्रवाह सुरु गरिएको  गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए ।  अहिलेको जटिल सामाजिक तथा आर्थिक अवस्थाले मानिस शारीरिक, मानसिक र आध्यात्मिक रुपमा थकित बन्न थालेको उल्लेख गर्दै तिवारीले  ध्वनि चिकित्सा यस्तो असन्तुलन हटाउने प्रभावकारी विधि भएको बताए । उनका अनुसार विभिन्न सप्तधातुबाट बनेका उपकरण प्रयोग गरी शरीर, मन र आत्मालाई शुद्ध गर्दै ‘सप्तचक्र’ सक्रिय बनाउने र सकारात्मक ऊर्जा प्रदान गर्नु साउन्ड हिलिङको प्रमुख उद्देश्य हो ।

“मन्दिरमा आउने भक्तजनलाई आध्यात्मिक शान्तिसँगै आधुनिक शैलीको उपचार अनुभव दिलाउने उद्देश्यले यो सेवा सुरु गरेका हौँ,” अध्यक्ष तिवारीले भने , “नवग्रहमा दर्शन गर्न आउने भक्तजनदेखि हिलिङ चाहने जो कोहीले अब यो सेवा सहज पाउनेछन् ।” स्थानीय तहबाट पहिलोपटक नेपालमै स्थापना भएको यो सेन्टरलाई ʻवेलनेस टुरिजम’ को गन्तव्यका रुपमा विकसित गर्नेगरी यो योजना गाउँपालिकाले अघि सारेको अध्यक्ष तिवारीले जानकारी दिए । सुरुवातको पहिलो दिनमै सेवामा सहभागी भक्तजनहरु उत्साहित देखिन्थे । स्थानीय भक्त सन्दीप रोकाहाले भने, “पहिलो पटक यस्तो सेवा मन्दिरमै पाउँदा निकै नयाँ अनुभव भयो । शारीरिक तनाव पनि यहाँ आधा घण्टा बस्दा कम भएजस्तै लाग्यो, शरीर हलुका र मन त झनै शान्त भयो ।”

गाउँपालिकाले साउन्ड हिलिङ सेवा दैनिक रुपमा चलाइने र शनिबारबाहेक अन्य दिनमा अन–कलका आधारमा समय व्यवस्थापन गरी चलाइने पालिकाले जनाएको छ । सेवा लिन आउने भक्तजनका लागि छुट्टै ध्यानकक्ष, आवश्यक उपकरण तथा तालिमप्राप्त जनशक्ति परिचालन गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए । ध्वनि चिकित्सामा विशेष प्रकारका सिङ्गिङ बोल, घन्ट, घण्टी, तिब्बती कटोरी जस्ता उपकरण प्रयोग गरिन्छ । तिनबाट निस्किने कम्पनले शरीरका अवरोधित ऊर्जा बिन्दुहरु