काठमाडौँ ।
देशभर कुनै विशेष मौसमी प्रणालीको प्रभाव नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहँदा अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ।
दिउँसो पनि यस्तै अवस्था रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सफा रहने बताइएको छ।











प्रतिक्रिया