काठमाडौँ।
स्वास्थ्य सेवामा गुणस्तर सुधारको निरन्तर प्रयास र उत्कृष्ट कार्यसम्पादनका कारण भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालहरूमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको छ । यो लगातारको सफलताले रिफरल सेन्टरको रूपमा चिनिने भक्तपुर अस्पताल अब नमुना सेवा केन्द्रमा रूपान्तरण भएको प्रमाणित गरेको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश मातहतका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेदिक अस्पतालहरूको सेवा विस्तार, कार्यसम्पादन, दक्ष जनशक्ति व्यवस्थापन र सूचकहरूको मूल्याङ्कनका आधारमा यो नतिजा सार्वजनिक गरेको हो । ७१.१० अङ्कका साथ भक्तपुर शीर्ष स्थानमामन्त्रालयकी सचिव डा. सुमित्रा गौतम ले जानकारी दिएअनुसार, कूल १०० पूर्णाङ्कमध्ये भक्तपुर अस्पतालले ७१.१० अङ्क प्राप्त गर्दै प्रादेशिक अस्पतालमध्ये प्रथम स्थान हासिल गरेको हो ।
हालका स्वास्थ्य सचिव डा. गौतम यसअघि यसै अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर आउँदादेखि नै सेवा विस्तार र गुणस्तरीय सेवा प्रवाहमा जोड दिएपछि भक्तपुर अस्पतालले उत्कृष्टताको नमुना स्थापित गर्न सफल भएको थियो । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले यस सफलताले अस्पतालको सम्पूर्ण टोलीलाई थप ऊर्जा मिलेको बताए । उनले यस वर्षको केन्द्रीय मूल्याङ्कनमा पनि पुनः उत्कृष्ट हुनेगरी कार्यसम्पादन गरिरहेको जानकारी दिए ।
क्रमश अस्पताल (प्रादेशिक)अङ्कभारनतिजा १.भक्तपुर अस्पताल ७१.१०उत्कृष्ट (प्रथम)२.त्रिशूली अस्पताल७०.७२दोस्रो३.चौतारा अस्पताल–तेस्रोजनस्वास्थ्य र आयुर्वेदतर्फ पनि उत्कृष्टताअस्पताल मात्र होइन, बागमती प्रदेशले जनस्वास्थ्य र वैकल्पिक चिकित्साको क्षेत्रमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने निकायहरूलाई सम्मान गरेको छःजनस्वास्थ्य कार्यालयतर्फः जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ ।
धादिङले ७०.८६ अङ्कका साथ दोस्रो र काभ्रेपलाञ्चोकले ७०.६४ अङ्कका साथ तेस्रो स्थान हासिल गरेका छन् ।आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फः सिन्धुली जिल्ला (७२.६० अङ्क) उत्कृष्ट, नुवाकोट (७०.१० अङ्क) दोस्रो र चितवन तेस्रो भएका छन् ।मन्त्रीको निर्देशन: गुनासो नआउने गरी काम गर्नु प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा ले प्रदेशका १३ वटै जिल्लाका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेद चिकित्सालयको सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन तथा उपकरण थप गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिएको बताए । उनले कुनै पनि स्वास्थ्य संस्था नराखी मन्त्रालयको नीति र निर्देशनअनुसार काम गर्न निर्देशन दिँदै कतैबाट पनि गुनासो नआउने गरी काम गर्नुपर्ने बताए । मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवालाई प्रदेशका हरेक नागरिकको पहुँचमा पु¥याउने लक्ष्य राखेको समेत स्पष्ट पारे । भक्तपुर अस्पतालको यो लगातारको सफलताले स्वास्थ्य सेवामा जिम्मेवार नेतृत्व, दक्ष जनशक्ति र निरन्तरको सुधार नै उत्कृष्टताको आधार हो भन्ने प्रमाणित गरेको छ ।











प्रतिक्रिया