सुन तोलामा ७०० र चाँदी ३५ रुपैयाँले महँगियो


काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ४२ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ४३ हजार रुपैयाँ पुगेको छ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ वृद्धि भई ३ हजार १८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।