काठमाडौँ।
नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न आउने दर्शकलाई सहज आवागमन गराउन निःशुल्क बस सेवा सुरु गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा बुधबारदेखि बस सेवा सञ्चालनमा आएको हो।
क्यानका अनुसार विशेषगरी महिला, ज्येष्ठ नागरिक र असक्त समर्थकहरूलाई लक्षित गरी बस सेवा उपलब्ध गराइएको हो। मुस्कान ट्राभल्सको सहकार्यमा सञ्चालन हुने यो सेवा खेल अवधिभर साँझ ६ बजेदेखि ८ बजेसम्म चल्नेछ।
निःशुल्क बस चार रुटमा चलाइनेछ–
रुट १: त्रिवि गेट–स्वयम्भू–बालाजु
रुट २: त्रिवि गेट–स्वयम्भू–बालाजु–महाराजगञ्ज
रुट ३: त्रिवि गेट–बल्खु–कालिमाटी–थापाथली–बानेश्वर–तीनकुने–गौशाला–चाबहिल
रुट ४: त्रिवि गेट–बल्खु–सातदोबाटो–कोटेश्वर











प्रतिक्रिया