काठमाडौँ
सिप्रदी अटो–पाट्र्स प्रा.लि. द्वारा देशभर सञ्चालन गरिएको “पर्वको बेला टाटा सक्कली पाट्र्सको मेला” योजना अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ । उच्च सहभागिता र ग्राहकको सकारात्मक प्रतिक्रियाले उत्साह बढाएको यस योजनाअन्तर्गतको बहुप्रतिक्षित भाग्य–चिठ्ठाको नतिजा कम्पनीले सार्वजनिक गरेको छ । कात्तिक २८, २०८२ मा आयोजित “टाटा सक्कली पाट्र्स टाइगर्स भेट २०२५” कार्यक्रममा विशेष रूपमा भाग्य–चिठ्ठाका विजेताहरू घोषणा गरिएको थियो। सो कार्यक्रमको प्रत्यक्ष प्रसारण सिप्रदी अटो–पाट्र्सको आधिकारिक फेसबुक पृष्ठमार्फत गरिएको थियो ।
कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा सिप्रदी अटो–पाट्र्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले भाग्यशाली विजेताहरू चयन गरेका थिए ।
यस वर्षको भाग्य–चिठ्ठामा बम्पर पुरस्कार अन्तर्गत बजाज पल्सर १५० सीसी मोटरसाइकल ईस्टर्न रोडलाइफले जितेको छ, जसले टाटा सक्कली पाट्र्स विराटनगरस्थित बंगलामुखी मोटर ट्रेडर्सबाट खरिद गरेको थियो। दोस्रो ठूलो पुरस्कार टीभीएस एनटर्क १२५ सीसी काठमाडौँको कुलेश्वरस्थित विज्ञान अटोमोबाइल्सबाट खरिद गर्ने ग्राहक सगर राउतले प्राप्त गर्नुभयो । स्मार्ट टेलिभिजनको पुरस्कार गोएन्का फुड्स प्रा.लि. ले जित्यो, जुन बुटवलस्थित गण्डकी अटो ट्रेडिङबाट खरिद गरिएको थियो । त्यसैगरी, स्मार्टफोन वण्डरल्याण्ड बोर्डिङ स्कुलले जित्यो, जसले झापा डामकस्थित एस.टी. ट्रेडर्समार्फत खरिद गरेको थियो ।
सिप्रदी अटो–पाट्र्सका अनुसार, टाटा मोटर्सका टाटा सक्कली पाट्र्स, टाटा मोटर्स अटोमोबाइल द्रव (फ्लुइड्स) र टाटा ड्युराफिट पाट्र्सले सवारीसाधनको सुरक्षा, दीर्घायु र उत्कृष्ट प्रदर्शनमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन्। यी सबै कारणले ग्राहकहरूको विश्वास तथा रुचि निरन्तर रूपमा बढ्दै गएको कम्पनीले जनाएको छ।
सिप्रदी अटो–पाट्र्स प्रा.लि. ले नेपालभर गुणस्तरीय सक्कली पाट्र्स उपलब्ध गराउँदै, भरपर्दो बिक्रीपछिको सेवा र ग्राहकमैत्री योजनामार्फत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।











प्रतिक्रिया