शान्ति तथा द्वन्द्व व्यवस्थापन सम्बन्धी पिस पोस्टर प्रतियोगितामा पामिर ईन्टरनेशनल बन्यो विजेता

282
Shares

बुटवल। 

रोटरी क्लब अफ बुटवलले आयोजना गरेको शान्ति तथा द्वन्द्व व्यवस्थापन सम्बन्धी पिस पोस्टर प्रतियोगितामा पामिर ईन्टरनेशनल एकेडेमी विजेता भएको छ ।

प्रतियोगितामा फस्ट रनर अफमा दीप वोडिङ हाईस्कुल र सेकेन्ड रनर अफमा अक्सफोड सेकेन्डरी स्कुल भएका छन् । 

त्यस्तै प्रतियोगिताको सान्तोना पुरस्कारबाट न्यू इनभारोमेन्ट ईङलिस स्कुल भएको छ । प्रतियोगितामा विजेताले नगद ८ हजार सहित मेडल र टफ्रि पुरस्कार प्राप्त गरेको छ भने  फस्ट रनर सेकेन्ड रनर र सान्तोनाले क्रमश ५ , ३ र २ हजार नगद मेडल र टफ्रि पुरस्कार प्राप्त गरेका छन् । विजेता तथा उप विजेताहरुलाई क्लबका अध्यक्ष कृष्ण पराजुली निर्वतमान अध्यक्ष प्रज्वल थान्जु , दीप वोडिङ स्कुलका अध्यक्ष राजेन्द्र ध्वजु  कार्यक्रम संयोजक डीआर पन्थीले पुरस्कार प्रदान गर्नु भएको क्लवका सचिव शिव कुमार ज्ञवालीले बताए ।

प्रतियोगितामा १२ देखि १८ वर्ष उमेर समुहका इन्टयाक्ट क्लवमा आवद्धहरुले  ामा प्रतिष्पर्धा गरेका थिए । यस क्षेत्रका ११ वटा विद्यालयवाट १८ जना विद्याथीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा शान्ति र द्धन्द्धका सन्दर्भमा  देखिएका सामाजिक परिवेश, के गर्दा शान्ति स्थापना गर्न सकिन्छ र द्वन्द्व कसरी शुरु हुन्छ भन्नेवारेमा युवा विद्यार्थीहरुले निकै रोचक प्रस्तुति देखाएको क्लब अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले बताए ।