काठमाडौं।
देशको एकमात्र विशिष्टीकृत सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठ लाई नियुक्त गरिएको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा वरिष्ठ नेफ्रोलोजिष्ट डा. श्रेष्ठलाई सो पदमा नियुक्त गर्ने ऐतिहासिक निर्णय गरेको हो ।
यसअघिका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि रिक्त रहेको पदमा डा. श्रेष्ठको नियुक्तिले केन्द्रको नेतृत्वमा एक योग्य र अनुभवी महिला विशेषज्ञ पाएको छ ।
डा. कल्पना कुमारी श्रेष्ठ मानव अंग प्रत्यारोपणको क्षेत्रमा स्थापित र सम्मानित नाम हो । उनी केन्द्रमा वरिष्ठ कन्सल्ट्यान्ट नेफ्रोलोजिष्ट तथा नेफ्रोलोजी विभागकी प्रमुखको रूपमा लामो समयदेखि क्रियाशील थिइन् ।
भगवती तिमल्सिना











प्रतिक्रिया