उदयपुर।
उदयपुरको कटारी नगरपालिका वडा नं ५ खाडीखोपमा खेत जोत्ने क्रममा ट्याकटर पल्टिएर अचानक दुर्घटना हुँदा सो ट्याक्टरका चालकको ज्यान गएको छ ।
सोमबार दिउसो १ः२० बजे कटारी न.पा. ५ खांडीखोप स्थितमा रहेको ट्याक्टरमा खेत जोत्ने मेसिन जडान गरी एक ठाउँमा खेत जोती अर्को ठाउँमा जोत्न लैजाने क्रममा ट्याक्टर अचानक पल्टन गई सोही ट्याक्टरले किची ट्याक्टर चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार ट्याक्टर चालक कटारी न.पा. वडा नं ५ सिसाघारी सानोअड्डा बस्ने बर्ष ४४ का भक्त बहादुर जोशी रहेका थिए । उक्त घटनास्थलमा SOCO सहितको प्रहरी टोली खटि गई आवश्यक कानुनी प्रक्रिया पश्चात् लास पोष्टमाटमका लागि प्रादेशिक अस्पताल कटारीमा ल्याइएको साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया