काठमाडौं।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१३ सूर्यवस्तीस्थित सडकमा प्रदेश नम्बर ३-०१-०२३ च ५०७५ नम्बरको कार अनियन्त्रित सोमबार दिउँसो दुर्घटना हुँदा कारमा सवार अर्घाखाँची पाणिनी गाउँपालिका-६ माझागाउँ बस्ने ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बाँके, राप्ती सोनारी गाउँपालिका-१ सिक्टास्थित सडकमा भे. १३ प ११८३ नम्बरको मोटरसाइकल र क. प्र. ०२-००१ ख ११४५ नम्बरको बस एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुर पुनर्वास नगरपालिका-९ घर भएका ४७ वर्षीय कृष्णा घर्ती क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया